एआई, साइबर सेक्युरिटी र चिकित्सा शिक्षामा जोड दिँदै पूर्वाञ्चल विश्वविद्यालयको बजेट पारित
himalpress.com · Tue Sep 29 07:37:11 GMT 2026

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स, साइबर सेक्युरिटी र चिकित्सा शिक्षालाई विस्तार गर्ने योजना अघि सारेको छ। विश्वविद्यालयले यी क्षेत्रलाई प्राथमिकतामा राख्दै १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको हो।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार पन्नाबहादुर थापाले प्रस्तुत गरेको आयव्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)