परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किंदै
canadanepal.com · Tue Sep 29 07:35:42 GMT 2026

काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्।
मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उनको सचिवालयका अनुसार उनी बुधबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)