२३ वर्षपछि सबै अमेरिकी सेना इराकबाट फिर्ता हुँदै, इरानद्वारा जीतको दाबी
clickmandu.com · Tue Sep 29 07:44:49 GMT 2026

एजेन्सी । दुई दशकभन्दा लामो युद्धका क्रममा ४५ सय अमेरिकीहरूको ज्यान गएको इराकबाट अमेरिकी सेना बुधबारसम्म आफ्ना अन्तिम आधार शिविरहरूबाट फिर्ता हुने तयारीमा छ । इराकमा हाल गहिरो प्रभाव जमाइरहेका इरान र उसका सहयोगीहरूले यसलाई जीतका रूपमा उत्सव मनाइरहेको छ ।
सन् २०२४ मा राष्ट्रपति जो बाइडनको कार्यकालमा सहमति जुटेको र इरानविरुद्ध युद्ध लडिरहेकै अवस्थामा पनि डोनल्ड ट्रम्पको प्रशासनले कार्यान्वयन गरिरहेको यो फिर्तीले तेहरान र उसका शक्तिशाली सहयोगीहरूलाई खुला छुट दिन सक्ने तथा इस्लामिक स्टेट लगायतका अन्य अमेरिकी शत्रुहरूलाई पुनरागमन गर्ने अवसर प्रदान गर्न सक्ने इराकी सुरक्षा विज्ञहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)