भोटेकोशी बाढी बिमा क्षेत्रमा २१ अर्बको भुक्तानी दाबी
annapurnapost.com · Tue Sep 29 07:33:05 GMT 2026

काठमाडौं : भोटेकोशी र रसुवा–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले पु¥याएको भौतिक क्षति अब मुलुकको वित्तीय प्रणालीमै ठूलो संकटका रूपमा खडा भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गर्दा यसको प्रत्यक्ष दबाब बिमा र बैंकिङ क्षेत्रमा परेको छ।
नेपाल बिमा प्राधिकरणमा हालसम्म प्राप्त तथ्यांकअनुसार २ हजार १ सय ८० वटा दाबी दर्ता भइसकेका छन्, जसको कुल अनुमानित क्षति रकम २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको छ। तर, अर्बौंको क्षति दाबी हुँदा हालसम्म भने जम्मा ६७ लाख ४८ हजार रुपैयाँमात्र भुक्तानी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)