पूर्वप्रधान शमशेर जबरालाई पक्राउ गरिएकाे घटनामा बाेल्याे सर्वोच्च अदाल
barnanmedia.com · Tue Sep 29 07:39:14 GMT 2026

सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा करिब १० घण्टा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले असोज १० गते मध्यरातमा नेपाल प्रहरीका अधिकृतहरूले पूर्वप्रधान न्यायाधीश जबरालाई घरमा सुतिरहेको अवस्थामा उठाएर टेकु लगेको र करिब १० घण्टापछि परिवारको जिम्मा लगाएको घटनालाई गम्भीर विषयका रूपमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)