मौसम खुलेसँगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
annapurnapost.com · Tue Sep 29 07:41:52 GMT 2026

गोरखा : लामो झरी सकिएर मौसम खुलेसँगै उत्तरी गोरखाको मनास्लु क्षेत्र पनि पर्यटकका लागि खुल्ला भएको छ । पर्यटकको रोजाइमा पर्ने यो क्षेत्रमा शरद रितु लागेसँगै चहलपहल निकै बढेको स्थानीयको भनाइ छ । गतवर्ष १६ हजार ६७१ जना विदेशी पर्यटकले भ्रमण गरेका मनास्लुमा यो वर्ष त्योभन्दा धेरै पर्यटक आउने अनुमान मनास्लु संरक्षण क्षेत्र आयोजनाको छ ।
बंगालको खाडीबाट आएको चक्रवातको दुश्प्रभावले बिहीबारदेखि शनिबारसम्म मनास्लु क्षेत्रमा पर्यटन आवगमन ठप्प बनेको थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) तथा जिल्ला प्रशासन कार्यालयले पनि सुरक्षा चुनौति देखाउँदै यात्रा नगर्न सूचना जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)