मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको समेत सम्भावना

Ujyaaloonline.com · Thu Apr 22 00:36:57 GMT 2021

काठमाण्डाै – काठमाण्डाैसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार (आज) दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)