मुम्बईसँग स्तब्ध बन्यो पञ्जाब, लगातार पाँचौँ हारले प्लेअफ यात्रा संकटमा
ratopati.com · Thu May 14 18:06:37 GMT 2026
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा पञ्जाब किङ्स मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै पञ्जाबको लगातार पाँचौँ हार हो, जसले गर्दा उसको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ ।
धरमशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० रनको विशाल योगफल तयार पारेको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, अजमतुल्लाह ओमरजाईले १७ बलमा ३८ तथा प्रियांश आर्यले १७ बलमा २२ रनको योगदान दिए । मुम्बईका लागि शार्दुल ठाकुरले किफायती बलिङ गर्दै ४ ओभरमा ३९ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए भने दीपक चाहरले २ विकेट हात पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)