‘१०० बुँदे कार्यसूचीमा ४५ दिनमा ल्याउने भनिएको ‘सङ्घीय निजामती सेवा विधेयक’ अहिलेसम्म किन आएन ?’
ratopati.com · Tue Sep 29 07:50:58 GMT 2026

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा प्राथमिकताका साथ राखेको र ४५ दिनभित्र संसद्मा पेस गर्ने प्रतिबद्धता जनाएको ‘सङ्घीय निजामती सेवा विधेयक’ अहिलेसम्म किन नआएको भन्दै सांसदहरूले प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको हो भन्दै प्रश्न गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)