आज उपत्यकाका ११६ स्थानमा सात हजार बढी ग्यास वितरण हुँदै
kendrabindu.com · Tue Sep 29 07:53:36 GMT 2026

काठमाडौं । आज (मंगलबार) उपत्यकाका विभिन्न स्थानमा सात हजार बढी ग्यास वितरण हुँदैछन् । नेपाल आयल निगमको एलपी ग्यास विभागका अनुसार आज काठमाडौं उपत्यकाका ११६ स्थानमा विभिन्न ब्राण्डका ७ हजार ६७१ वटा भरी सिलिण्डर वितरण भइरहेका छन् ।
निगमका अनुसार आज १ हजार ५२० भानु, ११९ वटा ग्यास अन काठमाण्डु, ६०० वटा नमस्ते ग्यास, श्री कृष्ण ५६०, एचपी १२००, नेपाल ग्यास २ हजार १६० र सीताश्री १ हजार ५१२ वटा सिलिण्डर वितरण भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)