रवि र बालेनबीच फाटो ल्याउन मनोजको शंकास्पद सक्रियता
barnanmedia.com · Tue Sep 29 07:41:48 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहबीच दूरी बढाउने खेलमा प्रधानन्यायाधीश मनोजकुमार शर्माको भूमिका सतहमै आउन थालेको छ । खासगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई आफ्नो मुख्य सल्लाहकारजस्तो बनाएर मनोज अघि बढ्न थालेपछि बालेन र रविबीच आशंका र दूरी बढाउने वातावरण तयार भएको छ । पछिल्ला घटनाक्रमले दृश्यहरु अझ स्पष्ट हुँदै गएका छन् । चोलेन्द्र पक्राउ प्रकरणले त मनोजको भूमिका थप छताछुल्ल बनाएको छ ।
मनोजमाथि हाबी भइरहेका चोलेन्द्र शम्शेर राणा आफैं विवादित पात्र हुन् । उनको न्यायिक करियरदेखि प्रधानन्यायाधीशको कार्यकालसम्म विवादको लामो शृंखला छ । विराटनगरमा न्यायाधीश हुँदा ‘म्यारिज’लाई जुवा नभई बौद्धिक खेलका रूपमा व्याख्या गरेको फैसला होस् वा विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्तहरूलाई सफाइ दिएका फैसला, उनको न्यायिक भूमिकामाथि प्रश्न उठ्दै आएको हो । उनका केही फैसला पछि सर्वोच्च अदालतबाट उल्टिएका पनि छन् र ती फैसलामा उनको नियत र निष्ठामा प्रश्न उठाउँदै कारबाही गर्नुपर्ने टिप्पणी समेत लेखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)