मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलबाट करिब आठ लाख भारुसहित पक्राउ

hamrakura.com · Sun Jun 07 00:00:00 GMT 2026

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँचका क्रममा एक्सरे मेसिनमा परीक्षण गर्दा उनको साथबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ फेला परेको थियो। प्रहरीका अनुसार श्रीनिवासले बोकेको खैरो रङको हाते झोलाभित्र लुकाएर राखिएको ५०० दरका १ हजार ५९० थान नोट बरामद भएको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रकमसहित नियन्त्रणमा लिइएका श्रीनिवासमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीका अनुसार पक्राउ परेका व्यक्ति र बरामद नगदलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय