कांग्रेसको महाधिवेशन सर्यो, १८ गतेबाट सुरु हुने
annapurnapost.com · Tue Sep 29 07:51:43 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन पछाडि सारिएको छ। आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका तय गरिएकोमा अब असोज १८गतेदेखि सुरु हुने का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनका अनुसार भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले महाधिवेशनको मिति सारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)