नासा र बोइङद्वारा स्टारलाइनरका आगामी उडानको योजना सार्वजनिक
ratopati.com · Tue Sep 29 08:03:54 GMT 2026

अमेरिका । अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि ‘स्टारलाइनर–१’ को मानवरहित परीक्षण उडान यसै वर्षको डिसेम्बर वा सन् २०२७ को जनवरीदेखि गर्न सकिने जनाएको छ । त्यसपछि ‘स्टारलाइनर–२’ मार्फत सन् २०२८ मा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखिएको छ ।
नासाले स्टारलाइनरका पाँचौँ र छैटौँ उडानका विकल्पसमेत अघि बढाउने योजना सार्वजनिक गरेको छ । साथै, ‘एटलस–भी’ रकेटको अन्तिम उडानपछि स्टारलाइनरलाई मानवसहित अन्तरिक्षमा पठाउन भल्कन रकेट प्रमाणित गर्न बोइङ र युनाइटेड लन्च एलायन्ससँग सहकार्य गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)