नेपाल-बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने
nepalsamaya.com · Tue Sep 29 08:02:49 GMT 2026
काठमाडौं- नेपाल र बेलायतका सांसदबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना हुने भएको छ। नेपाल–बेलायत संसदीय मैत्री समूहको पहलमा आगामी वर्ष फेब्रुअरी २७ मा दुई देशका सांसदबीच क्रिकेट खेल आयोजना गर्न लागिएको हो।
प्रस्तावित कार्यक्रमअनुसार पहिलो खेल काठमाडौँको त्रिवि क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल पर्यटकीय सहर पोखरामा आयोजना गरिनेछ। दुई खेलमार्फत नेपाल र बेलायतबीच संसदीय सम्बन्धसँगै खेलकुदका माध्यमबाट समेत सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)