अध्यागमनमा अचम्मको सेटिङ : एउटै भिसामा दुई विदेशी- ५५ मिनेटमै यसरी गरियो हेरफेर !
lokaantar.com

लक्जेम्बर्गका नागरिक पल क्रिश्चियन पिएर गेडिट्जले आवासीय भिसाका लागि १ हजार २ सय अमेरिकी डलर शुल्क तिरे । प्रक्रिया पूरा भएपछि उनको नाममा एउटा भिसा नम्बर जारी भयो । तर करिब डेढ महिनापछि त्यही भिसा नम्बर अमेरिकी नागरिक डिन जे रोबिन्सनको राहदानीमा भेटियो । डिनको भिसा स्वीकृतसमेत भएको थिएन, शुल्क पनि तिरेका थिएनन् ।
अध्यागमन विभागको प्रणाली जाँच गर्दा दुई फरक व्यक्तिको विवरण एकै ठाउँमा मिलाइएको र त्यसको ५५ मिनेटपछि पलको भिसा नम्बर डिनको नाममा छापिएको खुलेको हो । अनुसन्धानले यो काम अध्यागमन विभागकै तत्कालीन कम्प्युटर अपरेटर राजिव महतोको प्रयोगकर्ता खाताबाट भएको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)