मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
swasthyakhabar.com · Tue Sep 29 08:04:17 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा,दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आवश्यक रहेको बताएकी छिन्।
संसदमा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’माथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभामा धारणा राख्दै मन्त्री मेहताले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)