नदीमा डुबेर एक किशोरको मृत्यु
ekagaj.com · Fri Sep 09 16:14:29 GMT 2022
कैलाली- कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोदावरी नगरपालिका ८ खुटिया नदीमा शुक्रबार राति ८ बजेतिर नुहाउने क्रममा नदीले बगाउँदा सोही ठाउँका १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो ।
गुरुङलाई नदीले बगाएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट स्याउलेबाट तीन जनाको प्रहरी टोलीले खोज तलास गर्दा नदीबाट अन्दाजी १५० मिटर दक्षिण नदीको किनारमा मृत अवस्थमा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्रराज पाण्डेयले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)