बीपी राजमार्ग चार दिनपछि खुल्यो
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ‘ट्रयाक’ खोलेर सवारी आवागमन शुरू गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)