बालेन-रविको फोटो राख्दै बाबुरामले भने: ‘ठूला माछा समात्न पछि हटे सुशासन सम्भव छैन’
clickmandu.com · Tue Sep 29 08:13:37 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर बनेको सरकार भ्रष्टाचारका ठूला प्रकरणहरूमा पछि हटिरहेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिरसहित सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
देशको विद्यमान न्यायिक प्रणाली र अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ! हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ!’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)