मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सडकको पहिरो पन्छाउन २१८ उपकरण तयारी अवस्थामा

abhiyandaily.com

काठमाडौं (अस) । वर्षायाममा बाढीपहिरोका राजमार्ग र सडकमा आउने अवरोध हटाउन सडक विभागले देशभर २१८ थान उपकरण परिचालन गरेको जानकारी दिएको छ ।

विभागका अनुसार हाल ९३ उपकरण विभिन्न साइटमा परिचालन गरिएको छ । बाँकी उपकरण तयारी अवस्थामा छन् । पहिरो पन्छाउन लोडर, एस्काभेटर, ब्याकहो लोडर, डोजर जस्ता १४३ उपकरण तयारी हालतमा राखिएको छ । ७५ ओटा सहायक उपकरण छन् । सडकमा आउने अवरोध पन्छाउन विभागअन्तर्गतका सडक डिभिजन तथा योजना कार्यालयहरूले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरू मातहतका हेभी इक्विपमेन्ट डिभिजनहरूसँग रहेका उपकरण परिचालन गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)