झोलुंगे पुल भत्किएपछि मनकामना क्षेत्रका डेढ सय घरधुरी समस्यामा
clickmandu.com · Tue Sep 29 08:19:44 GMT 2026

गोरखा । पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुंगे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका ३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ ।
सहिदलखन गाउँपालिका–३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेशन(चेरेस) जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि तीनवटा टोलका स्थानीय र तीर्थयात्री मर्कामा परेका वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिए । ‘पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्ग जान समस्या भएको छ,’ वडाध्यक्ष पाण्डेले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)