आइतबारदेखि ठप्प मर्स्याङ्दी नदी खोल्न शुरू
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न शुरू गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
“धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको छ”, उनले भने, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)