भोटेकोशी बाढीको क्षति — करिब २१ अर्बको बीमा दाबी पर्दा कुन कम्पनीमा कति ?
arthasansar.com · Tue Sep 29 08:05:49 GMT 2026

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको भौतिक क्षतिको प्रारम्भिक बीमा दाबी रकम २० अर्ब ९८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबी दर्ता भइसकेका छन्।
बाढी प्रभावित बीमितहरूलाई हालसम्म चारवटा निर्जीवन बीमा कम्पनीहरूले ६८ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेका छन्। जसमध्ये युनाइटेड अजोडले ३३ लाख १४ हजार, शिखर इन्स्योरेन्सले २६ लाख ६२ हजार, एनएलजी इन्स्योरेन्सले ७ लाख ५० हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २२ हजार रुपैयाँ भुक्तानी गरेका हुन्। यसअघि प्राधिकरणले सम्भावित जोखिमसमेत समेटेर प्रारम्भिक क्षतिको रकम २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको विवरण सार्वजनिक गरेको थियो। पछि जोखिम एक्सपोजर र वास्तविक रूपमा परेको प्रारम्भिक दाबीबीच फरक छुट्याएर अद्यावधिक तथ्यांक सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)