प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना गर्ने अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
canadanepal.com · Tue Sep 29 08:21:17 GMT 2026

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त अनुदान रकम कामै नगरी हिनामिना गरेको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राइनास नगरपालिकालाई प्राप्त भएको सशर्त अनुदान रकम तोकिएको कुनै पनि काम वा कार्यक्रम नै सञ्चालन नगरी आपसमा मिलेमतो गरी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)