मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनका किसानहरूलाई २२० मिलियन युरो सहयोग दिन युरोपियन कमिसनको अस्वीकार

onlinekhabar.com · Tue Sep 29 08:15:31 GMT 2026

युरोपियन कमिसनले युक्रेनका किसान हरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्।

युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको बिसोत्स्कीले बताए। यद्यपि युक्रेनले विश्व बैंकबाट २५० मिलियन डलरको सहुलियतपूर्ण ऋणमार्फत आवश्यक रकम प्राप्त गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)