प्रतिनिधिसभाः रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको स्वागत
reportersnepal.com · Tue Sep 29 08:25:35 GMT 2026

काठमाडौँ, १३ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी छिन् ।
प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद रमेशकुमार मल्लले मधेसका नागरिकसहित सबै नेपालीको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न विधेयक ल्याइनु स्वागतयोग्य रहेको बताए । उनले अध्ययन र अनुसन्धानमा मात्र सीमित नरही दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई विधेयकमा समेटिनु सकारात्मक रहेको उल्लेख गररे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)