दीपक मनाङे कांग्रेस प्रवेश, शशांकले गरे स्वागत
onlinekhabar.com · Tue Sep 29 08:29:12 GMT 2026

१३ असोज, काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश भएका हुन्।
इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएको कोइरालाको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)