शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिरहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित
clickmandu.com · Tue Sep 29 08:32:43 GMT 2026

सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
कम्पनीका अनुसार, यस कार्यक्रमबाट आधारभूत विद्यालय, प्रयागपुर, जनता आधारभूत विद्यालय, मरेवा, शारदा माध्यमिक विद्यालय, रामपुर बिरता, जनजागृति आधारभूत विद्यालय, मनथै कुट्टी, जनता आधारभूत विद्यालय, महादेवा, जनता आधारभूत विद्यालय, मतेर्वा, जनता आधारभूत विद्यालय, छघरे, जन चेतना आधारभूत विद्यालय, मलहनिया खोरी, र बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)