धरान मेयरको कार्यकक्षमा अनशन बसेका विद्यार्थीलाई फिनेल दिने को थियो ?
nepalpress.com · Tue Sep 29 08:32:55 GMT 2026

विराटनगर । धरानमा रहेका दुईवटा विद्यालयमा शिक्षक नियुक्तिको माग गर्दै आमरण अनशन बसेका रोजन शङ्करले दुई दिनअघि कार्यवाहक मेयरको कार्यकक्षमै फिनेल खाए । अहिले यो विषय सामाजिक सञ्जालमा विवादित बनिरहेको छ ।
फिनेल खाएका शङ्करको अवस्था सामान्य भए पनि उनी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा नै छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबहादुर राईले शङ्कर ठिक भइसकेको बताए । अवस्था सुधार भए पनि अब्जरभेसनामा राखिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)