भारी वर्षाले कांग्रेस महाधिवेशन सर्यो, असोज १८ मा खुलामञ्चमा उद्घाटन
kalakarmi.com · Tue Sep 29 08:37:25 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते हुने भएको छ । यसअघि असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशनको उद्घाटन कार्यक्रम दुई दिनपछि सारिएको कांग्रेसले जनाएको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलवार जारी गरेको विज्ञप्तिमार्फत महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने जानकारी दिएका छन् ।
कांग्रेसले महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया चलिरहेको जनाएको छ । तर, देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अझै सम्पन्न हुन बाँकी रहेको कांग्रेसको भनाइ छ । कांग्रेसले प्रतिकूल मौसमका कारण अधिवेशन प्रक्रिया प्रभावित भएकाले महाधिवेशनको उद्घाटन मिति असोज १८ गतेका लागि सारिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)