दीपक मनाङे कांग्रेस देउवा समूहमा प्रवेश ,महाधिवेशनका लागि मनाङको कमान्ड
sutranews.com · Tue Sep 29 08:49:20 GMT 2026

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका मनाङेलाई १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्। कोइरालाको सचिवालयका अनुसार मनाङेलाई संस्थापन इतर समूहले आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिएको छ। मनाङे यसअघि नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए। कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला मनाङेको पार्टी प्रवेशलाई संस्थापन इतर समूहमा भएको पछिल्लो राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)