भारी वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन सर्यो, असोज १८ देखि काठमाडौंमा
aarthiknews.com

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन दुई दिनपछि सरेको छ। यसअघि असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि काठमाडौंमा हुने भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा ढिलाइ भएकाले महाधिवेशनको मिति सारिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)