बाढीले एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द, भारतबाट २५१ मेगावाट आयात
bishowkhabar.com · Tue Sep 29 08:48:03 GMT 2026

काठमाडौं – गत भदौ १० तथा असोज ८ र ९ गते आएको बाढीका कारण एक हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको उत्पादन अवरुद्ध भएको छ । बाढीबाट आयोजनाका संरचनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द हुँदा देशको विद्युत् आपूर्ति व्यवस्थापनमा दबाब परेको हो ।
ठूलो क्षमताको विद्युत् उत्पादन अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणले माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको छ । प्राधिकरणका अनुसार बाढीपछि पनि भारतबाट दैनिक २५१ मेगावाटसम्म विद्युत् आयात गरी वितरण भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)