भारतीय राजदूतले प्रधानमन्त्रीसँग गरे बिदाइ भेट
baahrakhari.com · Tue Sep 29 08:53:51 GMT 2026

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग बिदाइ भेट गरेका छन् । भेटवार्ता मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो । भारतीय राजदूत श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेका छन् ।
भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताए । हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि प्रधानमन्त्री शाहले विशेष धन्यवाद व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)