पूर्वमुख्यमन्त्रीको हैसियतले राज्यका कुनै सुविधा नलिने कँडेलको घोषणा
shilapatra.com · Wed Jul 29 14:29:00 GMT 2026

कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीको हैसियतले राज्य स्रोतबाट कुनै पनि सेवा नलिने घोषणा गरेका छन् ।
बुधबार पद हस्तान्तरण र बधाई ज्ञापनपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पूर्वमुख्यमन्त्रीका हैसियतले कुनै पनि सेवा नलिने घोषणा गरेका हुन् । उनले झन्डै २७ महिना प्रदेशको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएकाप्रति कर्णालीवासीलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)