नगरपालिकाका तत्कालीन रोजगार संयोजक न्यौपानेसहित १० जनाविरुद्ध मुद्दा
annapurnapost.com · Tue Sep 29 08:49:36 GMT 2026

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङ राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७६/०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट राइनास नगरपालिकालाई प्राप्त १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको उनीहरूमाथि आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)