पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट
aarthiknews.com

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल–८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन्।
पोखरा फाइनान्स र जेनस अस्पतालबीच भएको सम्झौताअनुसार फाइनान्सका खातावालाले अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा लिँदा पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा उपलब्ध सेवामा २० प्रतिशत छुट पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)