दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, यस्तो छ उनको राजनीतिक यात्रा
aarthiknews.com

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहमा प्रवेश गरेका छन्। मंगलबार डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५औँ महाधिवेशन तयारी समितिमार्फत उनी औपचारिक रूपमा समूहमा जोडिएका हुन्। उनलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिइएको छ।
मनाङे यसअघि पनि देउवासँग भेटघाटमा देखिएका थिए। पछिल्लो समय देउवा समूहका गतिविधिमा सहभागी हुँदै आएका उनी मंगलबार औपचारिक रूपमा समूहमा प्रवेश गरेका हुन्। कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला उनको प्रवेश भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)