मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
baahrakhari.com · Tue Sep 29 09:05:21 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा, दक्ष जनशक्ति उत्पादन र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गर्न आवश्यक रहेको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभामा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा धारणा राख्दै मन्त्री मेहताले यस्तो बताएकी हुन् । उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)