ऊर्जा आयोजना अघि बढाउन कानुनी गाँठो फुकाउन इप्पानको माग, १७ हजार मेगावाटको पीपीएदेखि आईपीओसम्म दर्जनौँ सुधार प्रस्ताव
aarthiknews.com

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकले विद्युत् क्षेत्रमा रोकिएका आयोजना अघि बढाउन कानुनी तथा नीतिगत अवरोध हटाउन सरकारसँग माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले करिब १७ हजार मेगावाट क्षमताका रोकिएका विद्युत् खरिद सम्झौता (पीपीए) खोल्नेदेखि ऊर्जा आयोजना स्वीकृतिका लागि एकद्वार प्रणाली लागू गर्नेसम्मका सुझाव सरकारलाई दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रका विभिन्न संस्थासँग विद्यमान कानुन, नियम तथा कार्यविधिमा गर्नुपर्ने सुधारका विषयमा सुझाव मागेपछि इप्पानले ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न मन्त्रालय तथा सरकारी निकायका लागि छुट्टाछुट्टै सुधार प्रस्ताव अघि सारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)