संसदीय विशेष समितिको सभापतिमा पराजुलीको उमेदवारी, कांग्रेसका आचार्य प्रस्तावक
baahrakhari.com · Tue Sep 29 09:05:00 GMT 2026

काठमाडौं । भोटेकोसी विपद्बारे गठित संसदीय विशेष समितिको सभापति पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको एकल उमेदवारी परेको छ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा पराजुलीले उमेदवारी दिएका हुन् ।
उनका प्रस्तावकमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य रहेका संसद् सचिवालका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)