मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्याउने तयारी
kendrabindu.com · Tue Sep 29 09:13:11 GMT 2026

काठमाडौं । मलेसिया सरकारले न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिटबाट बढाएर २ हजार रिंगिट पुर्याउने विषयमा छलफल अघि बढाएको छ। आगामी बजेट २०२७ मार्फत यसबारे निर्णय हुने अपेक्षा गरिएको छ। प्रस्ताव कार्यान्वयन भए मलेसियामा न्यूनतम तलबमा काम गरिरहेका नेपाली श्रमिक पनि प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
मलेसियाका अर्थमन्त्री अक्मल नसरुल्लाह मोहम्मद नासिरले न्यूनतम तलब २ हजार रिंगिट पुर्याउने वा नपुर्याउने अन्तिम निर्णय प्रधानमन्त्री अनवर इब्राहिमले बजेट प्रस्तुत गर्दा गर्ने बताएका छन्। तलब बढाउँदा विशेषगरी सूक्ष्म, साना तथा मझौला उद्यममा पर्ने अतिरिक्त लागतलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)