शशांक संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर
annapurnapost.com · Tue Sep 29 09:04:05 GMT 2026

काठमाडौं : डा.शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगा जिल्लाका दुवै प्रदेशमा संयोजकको जिम्मेवारी तोकेको छ । १५ औँ महाधिवेशन आयोजक समितिका केन्द्रीय प्रतिनिधि गोमा केसीले मंगलबार सो जिम्मेवारी तोकेकी हुन्।
जसअनुसार प्रदेशसभा निर्वाचन क्षेत्र (क) को संयोजकको जिम्मेवारी विश्वराज राईलाई दिइएको छ । राई पुराना कांग्रेस नेता एवम् प्रजातन्त्र सेनानी भैरब राईका छोरा हुन् । पञ्चायत कालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भैरब राईको परिवार पनि पार्टीका विभिन्न अवसरबाट बञ्चित हुँदै आएको परिवार हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)