सर्वोच्चको नयाँ व्याख्या– शैक्षिक बोर्ड वा मान्यतामा प्रश्न उठ्दैमा प्रमाणपत्रलाई नक्कली भन्न मिल्दैन
lokaantar.com

कुनै शैक्षिक बोर्ड वा संस्थाको मान्यता, वैधानिकता वा अस्तित्वमाथि पछि प्रश्न उठ्दैमा त्यहाँ अध्ययन गरी परीक्षा उत्तीर्ण गरेका व्यक्तिको शैक्षिक योग्यता स्वतः नक्कली ठहर गर्न नमिल्ने व्याख्या सर्वोच्च अदालतले व्याख्या गरेको छ ।
प्रमाणपत्र नक्कली हो वा होइन भन्ने निर्धारण गर्दा सम्बन्धित शैक्षिक संस्थाको मान्यता मात्रै नभई प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया, परीक्षा दिएको तथ्य, प्रमाणपत्र जारी गर्ने निकायको आधिकारिकता तथा प्रमाणपत्रधारी व्यक्तिको आचरण र मनसायसमेत हेर्नुपर्ने सर्वोच्चको पूर्ण इजलासको निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)