झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या
canadanepal.com · Tue Sep 29 09:12:56 GMT 2026

गोरखा - पछिल्लो वर्षासँगै आएको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि शहीद लखन गाउँपालिका–३ मनकामना र आसपासका करिब डेढ सय घरधुरीका बासिन्दा आवतजावतमा समस्यामा परेका छन्।
शहीद लखन गाउँपालिका–३ सिलिङटार र मनकामना केबलकारको तल्लो स्टेसन चेरेस जोड्ने पुल क्षतिग्रस्त भएपछि तीनवटा टोलका स्थानीयसँगै मनकामना आउने तीर्थयात्रीसमेत प्रभावित भएका छन्। वडाध्यक्ष दीपक पाण्डेका अनुसार सिलिङटार, केवरपानी र मनकामना हटियाका बासिन्दालाई राजमार्गसम्म पुग्नसमेत कठिन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)