क्यानाडाली उत्पादनमा अमेरिकी प्रतिबन्ध
barnanmedia.com · Tue Sep 29 09:05:59 GMT 2026

काठमाडौं । अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए।
प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब २० अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)