प्रदीप र अभिषेकको जोडी दोस्रो चरणमै रोकियो
baahrakhari.com · Tue Sep 29 09:15:19 GMT 2026
काठमाडौं । नेपालका प्रदीप खड्का र अभिषेक बास्तोलाको जोडी एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा दोस्रो चरणबाट बाहिरिएको छ ।
नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा मंगलबार भएको खेलमा नेपाली जोडी भारतका अनिरुध चन्द्रशेखर र बालाजी नारायणस्वामीको जोडीसँग २–० को सोझो सेटमा पराजित भए । नेपाली जोडीले खेल २–६, १–६ ले गुमायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)