ज्येष्ठ नागरिक दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने
clickmandu.com · Tue Sep 29 09:20:12 GMT 2026

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
हस्पिटलले ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म (असोज १४ देखि १६) ६५ वर्ष वा त्यसभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो । साथै उक्त अवसरमा परीक्षणमा १० प्रतिशत छुट पनि उपलब्ध गराइने हस्पिटलले जनाएको छ । निःशुल्क ओपीडी बिहान ८ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)