कलाकार दम्पत्ति सबिन र अनुलाई पुत्रलाभ
sutranews.com · Tue Sep 29 09:19:03 GMT 2026

काठमाडौं । कलाकार दम्पत्ति नायक सबिन श्रेष्ठ र नायिका अनु शाहलाई पुत्रलाभ भएको छ । सबिनले मंगलबार आफूहरू पहिलो सन्तानको अभिभावक बनेको फ्यानहरूलाई जानकारी दिएका हुन् । उनले छोराले आफ्नो हात औँला समातेको फोटो राख्दै लेखेका छन्, प्रिय छोरा तिमीलाई बाबा र अनु मामुको तर्फवाट स्वागत छ । उपहार स्वरुप छोरालाई जन्म दिएकामा सबिनले अनुप्रति माया प्रकट गरेका छन् । उनले लेखेका छन्, संसारकै सबैभन्दा अमूल्य उपहार दिएकोमा अनु मामुलाई धेरै धेरै माया । लामो समय प्रेम सम्बन्धमा रहेपछि उनीहरू गत असोजमा विवाह बन्धनबा बाँधिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)